Ezra 3:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुङ्गा र काठका काम गर्नेहरूका ज्‍याला दिन मानिसहरूले पैसा दिए र लेबनानबाट ल्‍याइने देवदारुका काठहरूका सट्टामा टुरोस र सीदोनमा पठाइनुपर्ने खाद्य र जैतुनको तेल पनि दिए। देवदारुका काठहरू समुद्रबाट योप्‍पासम्‍म ल्‍याइन्‍थे। यी सबै काम गर्ने अनुमति फारसका महाराजा कोरेसले दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्‍ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्‍पासम्‍म देवदारुका काठहरू ल्‍याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले सिकर्मी र डकर्मीहरूलाई रकम दिए। तिनीहरूले परसीयाका राजा कोरेसको अनुमतिमा लेबनानबाट देवदारुका काठहरू समुद्रको बाटो भएर जोप्पासम्म ल्याउन सकून् भनी सीदोन र टायरका मानिसहरूलाई खानेकुरा, पिउने कुरा र जैतुनको तेल दिए।
Nepali ERV (पवित्र बाइबल)
यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।