Ezra 3:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवी येशूअ र उनका छोराहरू, कुटुम्बहरू, कादमीएल र उनका छोराहरूले (होदबियाका गोत्रका) मन्दिर बनाउने काम रेख-देख गर्न साथ दिए। (तिनीहरूलाई हेनादाद गोत्रका लेवीहरूले मद्दत गरे।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका भवनको निर्माण गर्नेहरूको रेखदेख गर्ने काममा येशूअ र तिनका छोराहरू र भाइहरू, र कादमीएल र तिनका छोराहरू (होदबियाका सन्तानहरू), र हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र भाइहरू— जो सबै लेवी थिए— एकसाथ लागेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूआ, तिनका छोराहरू, तिनका दाजुभाइहरू, कदमिएल र तिनका छोराहरू (होदबियाका सन्तानहरू), हेनादादका छोराहरू र भाइहरू—सबै लेवीहरू एकसाथ मिलेर परमेश्वरको भवनमा काम गर्नेहरूको रेखदेख गरे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको मन्दिर निर्माण कार्यको निरीक्षकको रूपमा काम गर्नका निम्ति 20 वर्ष अधिक उमेरका लेवीहरूलाई नियुक्त गरे। येशूअ, तिनका छोराहरू अनि तिनका दाज्यू-भाइहरू, कदमीएल अनि तिनका छोराहरू (यहूदाका सन्तानहरू) बिन्नूई होदबियाहका छोराहरू अनि नातीहरू र तिनीहरूका भाइहरू-लेवीहरूसंग परमेश्वको मन्दिरमा काम गर्नेहरूको निरक्षण गर्न सहमत भए।