Ezra 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामी महाराजालाई यो जनाउन चाहन्‍छौं कि हजुरका राज्‍यका अरू इलाकाहरूबाट आएका यहूदीहरूले यरूशलेममा बास गरेका छन् र त्‍यो दुष्‍ट र विद्रोही सहरलाई फेरि निर्माण गर्दै छन्। तिनीहरूले पर्खाल बनाउन थालेका छन् र चाँडै सिध्‍याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“महाराजालाई यो कुरो जाहेर होस्‌ कि हजूरलाई छोड़ेर यस ठाउँमा आएका यहूदीहरू यरूशलेममा आइपुगेर त्‍यस दुष्‍ट र बागी सहरको पुनर्निर्माण गरिरहेका छन्‌। तिनीहरूले त्‍यसको जग मरम्‍मत गरी त्‍यसको पर्खाल सिद्ध्याउनै लागेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महाराजालाई यो कुरा थाहा होस्, ती यहूदीहरू, जो हजुरका राज्यबाट यहाँ हामीकहाँ आएर यरूशलेममा गएका छन्; अनि तिनीहरूले त्यो बागी र दुष्‍ट सहरलाई पुनर्निर्माण गर्दैछन्। तिनीहरूले पर्खालहरू पुनर्स्थापन गर्दैछन् र जगहरूका मर्मत गरिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
अबः राजालाई यो ज्ञानहोला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।