Ezra 4:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरका पिता-पुर्खाले राखेका राज्‍यका कागज-पत्रमा खोजी गर्ने आज्ञा गर्नुहोस्। यो यरूशलेम सहर सधैँ एउटा विद्रोही गर्ने सहर रहेको र प्राचीन समयबाट नै राजा र प्रान्‍तका शासकहरूलाई कष्‍ट दिँदै आएको कुरा हजुरले थाहा पाउनुहुनेछ। सधैँ यस सहरका मानिसहरूलाई शासन गर्न गाह्रो भएको छ। यसैकारणले सहरको नाश गरिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अभिलेखहरूमा खोजे हजूरलाई यो कुरो थाहा लाग्‍नेछ, कि यो सहर एउटा बागी सहर हो, र राजसत्ता र प्रान्‍तहरूमाथि हानि पुर्‍याउने यो सहर प्राचीन कालदेखि नै राजद्रोही भएको हो। त्‍यसैकारण यो उजाड़ पारिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हजुरका पितापुर्खाहरूका इतिहासमा यो सहरको बारेमा खोजी गरियोस्। यरूशलेम एउटा बागी सहर हो। प्रान्तहरू र राजाहरूका निम्ति कष्‍टदायक र प्राचीन समयदेखि नै यो एउटा राजद्रोहीको ठाउँ हो भनी हजुरले ती इतिहासका पुस्तकहरूबाट थाहा पाउनुहुनेछ। त्यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरू प्रतिघात पुर्याउँछ धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।