Ezra 4:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले एउटा जाँच-बुझ गर्ने आज्ञा गरें र यो कुरा थाहा भयो कि प्राचीन समयदेखि नै यरूशलेमले राजकीय अधिकारको विरुद्धमा विद्रोह गरेको छ र विद्रोही र गोलमाल गर्नेहरूले भरिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले हुकुम गरें, र खोजतलाश गरियो। अनि यो पाइयो कि त्यस सहरले राजसत्ताको विरुद्धमा गरेको राजद्रोहको एउटा लामो इतिहास रहेछ र विद्रोह र राजद्रोह त्यहाँ चली नै आएको रहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आदेश दिएअनुसार खोजी गरियो र यरुशलेमले राजाहरूका विरुद्धमा विद्रोह गरेको र राजद्रोहीको ठाउँ भएको एउटा लामो इतिहास पाइयो।
Nepali ERV (पवित्र बाइबल)
मैले एक आदेश दिए अनि खोज-तलाश गरियो तिनीहरूले यो थाहा पाए कि त्यो शहरले धेरै अधि देखि राजाहरूको विरूद्ध राजद्रोही गरेकोछ। त्यहाँ अनाज्ञाकारि राजद्रोहीहरूको उपस्थित छ।