Ezra 4:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरू यरुबाबेल र गोत्र-गोत्रका प्रधानहरूसित भेट गर्न गए र भने, “मन्दिर बनाउने काममा तपाईंहरूलाई साथ दिने अनुमति हामीलाई दिनुहोस्। तपाईंहरूले पुजेका परमेश्वरलाई नै हामी पनि पुज्छौं। अश्शूरका महाराजा एसरहदोनले हामीलाई यहाँ बास गर्न पठाएका बेलादेखि नै हामीले उहाँलाई बलिदान चढाउँदैआएका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू यरुबाबेल, येशूअ, र परिवारका मुख्य मानिसहरूकहाँ आएर यसो भने, “हामीलाई पनि तपाईंसँग भवन निर्माण गर्न दिनुहोस्, किनभने हामी पनि तपाईंहरूझैँ तपाईंहरूका परमेश्वरको खोजी गर्दछौं, र हामीलाई यहाँ ल्याउने अश्शूरका राजा एसरहदोनको पालोदेखि नै हामी उहाँलाई नै बलिदान चढ़ाउँदैआएका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू यरुबाबेल र परिवारका मुखियाहरूकहाँ आएर भने, “हामीलाई पनि निर्माणको काममा सहायता गर्न दिनुहोस्; किनकि हामी पनि तपाईंहरूजस्तै तपाईंहरूका परमेश्वरको खोजी गर्दछौँ। अनि हामीलाई यहाँ ल्याएका अश्शूरका राजा एसरहदोनको समयदेखि नै उहाँलाई हामीले बलिदान चढाइरहेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू यरूबाबेल, “कुलका अगुवाहरू कहाँ आए। अनि तिनीहरूलाई भने। हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौ अनि हामीहरू अश्शूरका राजा एसरहद्दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”