Ezra 4:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महाराजा अर्तासास्‍तको त्‍यो चिठी रेहूम, शिम्‍शै र उनका सहकर्मीहरूलाई पढी सुनाइने बित्तिकै तिनीहरू हतारहतार यरूशलेममा गए र यहूदीहरूलाई फेरि सहर निर्माण गर्ने काममा रोक लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा अर्तासास्‍तको पत्रको विषयमा सेनापति रेहूम, सचिव शिम्‍शै र उनीहरूका सहयोगीहरूका सामुन्‍ने पढ़िसक्‍ने बित्तिकै उनीहरू यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्‍तसाथ काम रोक्‍न लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी राजा अर्तसास्तको पत्रको प्रतिलिपि रेहूम, सचिव शिम्शै र तिनीहरूका मित्रहरूलाई पढेर सुनाउने बित्तिकै तिनीहरू तुरुन्तै यरूशलेमका यहूदीहरूकहाँ गए; अनि तिनीहरूलाई जबरजस्ती काम रोक्न लगाए।
Nepali ERV (पवित्र बाइबल)
रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।