Ezra 4:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरुबाबेल, येशूअ र गोत्र-गोत्रका प्रधानहरूले तिनीहरूलाई भने, “परमप्रभु हाम्रा परमेश्वरको मन्दिर बनाउन हामीलाई तपाईंहरूको मद्दत चाहिँदैन। त्यो हामी आफैं बनाउनेछौं। फारसका महाराजा कोरेसले आज्ञा गरेझैँ हामी सो काम गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्वरको निम्ति निर्माण गरिरहेका छौं, त्यसमा तिमीहरूको केही सम्बन्ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यरुबाबेल, येशूआ र इस्राएलका घरानाका मुखियाहरूले जवाफ दिए, “हाम्रो परमेश्वरको मन्दिर बनाउनमा तिमीहरूको कुनै अधिकार छैन। परसीयाका राजा कोरेसले हामीलाई आज्ञा गरेअनुसार याहवेह इस्राएलका परमेश्वरका निम्ति यो मन्दिर बनाउने काम हामी आफैँ पूरा गर्नेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
तर यरूबाबेल येशूअ अनि इस्राएल का अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”