Ezra 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले फारसका सरकारी अधिकारीहरूलाई यहूदीहरूका विरुद्धमा केही गरून् भनी घुस दिए। कोरेसको शासनकालभरि र दाराको शासनकालसम्‍म तिनीहरूले त्‍यसो गरिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको अभिप्रायलाई नाश गर्न उनीहरूले तिनीहरूको विरुद्धमा काम गर्न सल्‍लाहकारहरूलाई भाड़ामा लिए। फारसका राजा कोरेसको शासनकालभरि र दाराको शासनकालसम्‍म यस्‍तो काम चली नै रह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परसीयाका राजा कोरेसको सारा शासनकाल र परसीयाका अर्को राजा दाराको शासनकालभरि नै ती मानिसहरूले तिनीहरूका योजनालाई असफल तुल्याउन सल्‍लाहकारहरूलाई घूस दिए।
Nepali ERV (पवित्र बाइबल)
फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।