Ezra 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूले यस्‍तो जवाफ दिए, ‘हामी स्‍वर्ग र पृथ्‍वीका परमेश्‍वरका सेवक हौं। जुन मन्‍दिर सुरुमा इस्राएलका एक जना शक्तिशाली राजाले धेरै वर्षअघि बनाएका र त्‍यसका सामानहरू बटुलेका थिए, हामीले त्‍यही मन्‍दिर फेरि बनाइरहेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यस्‍तो जवाफ दिए: हामी त स्‍वर्ग र पृथ्‍वीका परमेश्‍वरका सेवक हौं। धेरै वर्षअघि बनाएको मन्‍दिरको हामीले पुनर्निर्माण गरिरहेका छौं। इस्राएलका एउटा महान्‌ राजाले यो बनाएर सिद्ध्याएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले हामीलाई यस्तो जवाफ दिए। “हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौँ। अनि धेरै वर्षअगि इस्राएलको एक जना महान् राजाले बनाएका मन्दिरलाई हामी फेरि बनाउँदैछौँ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले हामीलाई यस प्रकारले जवाफ दिएः “हामी स्वर्ग अनि पृथ्वीका परमेश्वरका सेवकहरू हौं हामीले त्यो मन्दिरको पुनःर्निर्माण गरिरहेराछौं जो धेरै वर्ष अघि बनिएको थियो जसलाई इस्राएलका एक महान राजाले निर्माण गरी पूर्ण गरेका थिए।