Ezra 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हाम्रा पुर्खाहरूले स्‍वर्गका परमेश्‍वरलाई क्रोधित पारेका हुनाले उहाँले तिनीहरूलाई कल्‍दी राजवंशका राजा बेबिलोनियामा नबूकदनेसर राजाका अधीनमा पारिदिनुभयो। मन्‍दिर ध्‍वंस पारियो र मानिसहरूलाई कैद गरी बेबिलोनियामा लगियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हाम्रा पुर्खाहरूले स्‍वर्गका परमेश्‍वरलाई रीस उठाएका हुनाले उहाँले तिनीहरूलाई बेबिलोनका कल्‍दी राजा नबूकदनेसरको हातमा सुम्‍पिदिनुभयो। उनले यस मन्‍दिरलाई भत्‍काएर मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हाम्रा पितापुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई क्रोधित तुल्याए। अनि उहाँले बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा उनीहरूलाई सुम्पिदिनुभयो, जसले यस मन्दिरलाई नष्‍ट पारे, र मानिसहरूलाई बेबिलोनमा कैदी बनाएर लगे।”
Nepali ERV (पवित्र बाइबल)
किनभने हाम्रा पूर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याएका हुनाले उहाँले तिनीहरूलाई बाबेलका राजा नबूकदनेसर, चलदियनको हातमा सुम्पिनु भयो, अनि तिनले यो मन्दिरलाई तोडि दिए र बाबेलमा कैदी बनाए ती मानिसहरूलाई लगे।