Ezra 5:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसरले यरूशलेमका मन्‍दिरबाट लगेर बेबिलोनका मन्‍दिरमा राखेका सुन र चाँदीका भाँडा-कुँडाहरू कोरेसले फर्काइदिए। ती भाँडा-कुँडा शेशबस्‍सर नाम गरेका मानिसलाई, जो यहूदाका बडा-हाकिम खटाइएका थिए, कोरेस राजाले सुम्‍पिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक परमेश्‍वरको भवनमा सुन र चाँदीका भाँड़ाहरू थिए। तीचाहिँ नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट लगेर बेबिलोनको मन्‍दिरमा राखेका थिए। “‘ती यिनै कोरेस राजाले बेबिलोनको मन्‍दिरबाट निकालेर राज्‍यपाल नियुक्त गरिएका शेशबस्‍सर नाउँका एक जना मानिसलाई दिएर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नबूकदनेसरले यरूशलेमका मन्दिरबाट बेबिलोनको मन्दिरमा ल्याएका परमेश्‍वरको भवनको सुन र चाँदीका भाँडाहरू पनि उनले बेबिलोनको मन्दिरबाट निकाले। त्यसपछि कोरेस राजाले ती भाँडाहरू शेश्बस्सर नाम भएका एक जना मानिसलाई दिए, जसलाई राजाले राज्यपाल नियुक्त गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको मन्दिरमा भएका सुन र चाँदीका भाँडा-वर्त्तन, थालहरू जो नबकदनेसरले यरूशलेमको मन्दिरबाट हटाएर बाबेलको मन्दिरमा राखेका थिए, राजा कोरेसले ती सबै बाबेलको मन्दिरबाट निकाले अनि शेशबज्जर नाउँ गरेका मानिसलाई दिए, जसलाई तिनले प्रशासक नियुक्त गरेका थिए।