Ezra 5:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण शेशबस्‍सर आएर मन्‍दिरको जग बसाले। त्‍यस बेलादेखि अहिलेसम्‍म मन्‍दिर बनाउने काम चलिरहेको छ; तर मन्‍दिर अझै बनिसकेको छैन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यिनै शेशबस्‍सरले आएर यरूशलेममा परमेश्‍वरका भवनको जग बसाले। त्‍यस बेलादेखि अहिलेसम्‍म त्‍यसको पुनर्निर्माण भइरहेछ, तर त्‍यो काम अझसम्‍म सिद्धिएको छैन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनै शेश्बस्सर आएर यरूशलेममा परमेश्‍वरको भवनको जग बसाले। त्यस दिनदेखि अहिलेसम्म त्यसको निर्माणको काम भइरहेको छ, तर अझै सकिएको छैन।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःर्निर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।”