Ezra 5:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब हे राजन्! हजुरको दया भए, बेबिलोनमा भएका राजकीय कागज-पत्र जाँच गरियोस् र कोरेस राजाले यो यरूशलेमको मन्‍दिर फेरि बनाउने आज्ञा दिएका हुन् कि होइनन्, सो बुझियोस्। त्‍यसपछि त्‍यसबारे हजुरको जस्‍तो इच्‍छा हुन्‍छ, सो हामीलाई जनाउने कृपा होस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण, अब हजूर महाराजाको इच्‍छा भए बेबिलोनको राजकीय अभिलेखालयमा खोजतलाश गर्ने हुकुम दिइबक्‍सिओस्, यो खोज्‍नलाई कि यरूशलेममा परमेश्‍वरका भवनको पुनर्निर्माणको निम्‍ति राजा कोरेसले आज्ञा-पत्र निकाल्‍नुभएको रहेछ कि रहेनछ। तब यस विषयमा महाराजाले हामीलाई आफ्‍नो इच्‍छा जनाइबक्‍सिओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हजुरलाई इच्छा लाग्यो भने बेबिलोनको राजकीय भण्डारको इतिहासहरूमा वास्तवमा कोरेस राजाले यरूशलेममा परमेश्‍वरको भवन फेरि बनाउने उर्दी जारी गरेको गरेका थिए कि थिएनन् भनेर खोजेर हेर्न सकिन्छ। त्यसपछि राजाले यस बारेमा आफ्नो निर्णय हामीलाई पठाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
अब, यदि राजालाई इच्छा लाग्छ भने बाबेलको राज अभिलेखमा खोज-तलाश गरियोस कि यरूशलेममा परमेश्वरको त्यो मन्दिरको पुनःर्निर्माण गर्ने आदेश राजा कोरेसले दिएका थिए भन्ने कुरा सत्य हो कि होइन भनी हेर्नलाई अनि त्यस पछि यस विषयमा राजाले उनको इच्छा हामी कहाँ पठाउन्।