Ezra 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्राय: उत्तिखेरै पश्‍चिम-यूफ्रेटिसका बडा-हाकिम तत्तनै, शत्तर-बोज्‍नै र तिनका सङ्गीहरू यरूशलेममा आए र सोधे, “कसले तिमीहरूलाई यो मन्‍दिर बनाउने र यसका सामानहरू जुटाउने आज्ञा दियो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र उनीहरूका सहयोगीहरूले तुरुन्‍तै तिनीहरूकहाँ आएर सोधे, “यस मन्‍दिरको पुनर्निर्माण र पुनर्स्‍थापना गर्न तिमीहरूलाई कसले अधिकार दियो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला यूफ्रेटिस पारिका प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ गएर सोधे, “कसले तिमीहरूलाई यो मन्दिर पुनर्निर्माण गर्ने र यस संरचनालाई पुनर्स्थापित गर्ने अधिकार दियो?”
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला यूफ्रेटिस नदि पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तात्तेनै शत्तर-बोज्नै अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधेः “यो मन्दिरको पुनःर्निर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?”