Ezra 5:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“महाराजालाई यो जनाउन चाहन्छौं कि हामी यहूदा प्रान्तमा गयौं र महान् परमेश्वरको मन्दिर बन्दैगरेको देख्यौं। ठूल्ठूला चट्टानका टुक्रा र पर्खालमा काठका बीमहरू लगाइँदै थिए। बडो होशियारीसाथ काम भइरहेको छ र लगातार रूपले अघि बढिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महाराजाकहाँ यो कुरा जाहेर होस् कि हामी यहूदाको प्रान्त, महान् परमेश्वरको मन्दिर भएको स्थानमा गएका थियौं। त्यहाँ मानिसहरूले ठूला-ठूला ढुङ्गाहरूले त्यो निर्माण गरिरहेका र पर्खालमा काठहरू राख्ने काम गरिरहेका रहेछन्। सो काम तिनीहरूले प्रयत्नशील भई जारी राखेका र धर्म-गुरुहरूको निर्देशनमा निकै प्रगति भइरहेको हामीले देख्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजालाई यो जानकारी होस्, कि हामी यहूदाको जिल्लामा बनिँदै गरेको महान् परमेश्वरको मन्दिरमा गयौँ। मानिसहरूले यसलाई ठूला-ठूला ढुङ्गाहरूले बनाउँदैछन् र पर्खालहरूमा काठका बीमहरू बसाल्दैछन्। सो काम तिनीहरूले मेहनतपूर्वक गरिरहेका छन्, र उनीहरूका निर्देशनमा काम तीब्र गतिमा प्रगति हुँदैछ।
Nepali ERV (पवित्र बाइबल)
यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौ, अनि विशाल शिला खण्ड द्वारा यसको पुनःर्निर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियौ यो काम सरासरी गरिदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।