Ezra 6:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दारा महाराजाले बेबिलोनमा राखिएका राज-लेखा खोजी गरियोस् भन्‍ने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा दाराले यो हुकुम गरे, र बेबिलोनको ढुकुटीमा राखिएको अभिलेखालयमा खोजतलाश गरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजा दाराले एउटा हुकुम जारी गरे। अनि तिनीहरूले बेबिलोनका राजभण्डारमा राखिएका अभिलेखहरूमा खोजी गरे।
Nepali ERV (पवित्र बाइबल)
तब राजा दाराले एक आदेश जारिगरे अनि तिनीहरूले बाबेलमा जहाँ कोष भण्डार गरिएका थिए, त्यहाँ अभिलेखाको खोज-तलाश गरे।