Ezra 6:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म फेरि पनि आज्ञा गर्दछु कि जसले यो आज्ञा मान्दैन, त्यसका घरबाट एउटा काठको खामो निकालेर त्यसलाई एकपट्टि तिखो पारी त्यसका शरीरमा रोपी वारपार गरिदिनू। त्यसका घरलाई पनि धुलो-पिठो पारिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसबाहेक, म यस्तो हुकुम दिँदैछु कि जसले यस उर्दीलाई परिवर्तन गर्ला त्यसको घरबाट एउटा खम्बा उखेलेर त्यसलाई त्यही खम्बामा उनिनेछ। यस अपराधको कारण त्यसको घर टुक्राटाक्री भई ढुङ्गाको थुप्रो होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म यो पनि आदेश दिँदछु, यदि कसैले यस उर्दीलाई परिवर्तन गर्छ भने त्यसको घरबाट एउटा खाँबो उखेलेर त्यसलाई त्यही खाँबोमा टाँगियोस्। अनि यस अपराधको निम्ति त्यसको घर भताभुङ्ग पारेर ढुङ्गाहरूको थुप्रो बनाइयोस्।
Nepali ERV (पवित्र बाइबल)
म आदेश दिन्छु, कि यदि कसैले यो आदेशको अवहेलना गरे उसको घरबाट एउटा खम्बा निकालेर उसलाई यसमा ठाडै झुण्डाउनु पर्छ र पिट्नु पर्छ अनि त्यसको घरलाई ध्वंशावशेषको राश तुल्याउनु पर्छ।