Ezra 6:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती परमेश्वर, जसले आफ्ना आराधना गरिने ठाउँको रूपमा यरूशलेमलाई चुन्नुभयो, उहाँले यो आज्ञा उलङ्घन् गर्ने र मन्दिर नाश गर्न चेष्टा गर्ने कुनै राजा वा जातिलाई नाश पारून्। म दारा राजाले यो आज्ञा दिँदछु। यसको पूरा पालन गरियोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो नाउँको निम्ति त्यस स्थानलाई आफ्नो वासस्थान बनाउनुहुने परमेश्वरले यस उर्दीलाई परिवर्तन गर्ने वा यरूशलेममा परमेश्वरको त्यस भवनलाई नष्ट गर्न आँट गर्ने कुनै पनि राजा वा मानिसलाई विध्वंस गरून्। म, दारा राजाले यो उर्दी निकालेको हुँ। त्यो अक्षरश: पूरा गरिओस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमको मन्दिरलाई नष्ट गर्न, अथवा यस उर्दीलाई परिवर्तन गर्न कुनै राजा, अथवा कुनै पनि मान्छेले हात उठायो भने त्यही परमेश्वर जसले आफ्नो नामलाई त्यहाँ स्थापित गर्नुभएको छ, उहाँले तिनीहरूलाई नष्ट पारून्। म दाराले यो आदेश दिएको छु। यो होसियारीपूर्वक पालन गरियोस्।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्। म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानीपूर्वक चाँडो पालन गरियोस्।