Ezra 6:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि बडा-हाकिम तत्तनै, शत्तर-बोज्नै र उनका सहकर्मीहरूले राजाका आज्ञाअनुसार ठीक-ठीक काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दारा राजाले उनीहरूलाई दिएको आदेश यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरूले अक्षरश: पालन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दारा राजाले आदेश दिएका हुनाले यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका प्रान्तका मित्रहरूले साह्रै होसियारीसाथ यो काम गरे।
Nepali ERV (पवित्र बाइबल)
तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे।