Ezra 6:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्पण गर्दा तिनीहरूले एक सय साँढे, दुई सय भेडा र चार सय थुमाहरू होमबलि गरे अनि इस्राएलको प्रत्‍येक कुलको निम्‍ति एउटाका हिसाबले बाह्र वटा बोका पापबलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको यस भवनको समर्पण-सेवामा तिनीहरूले एक सय साँढ़े, दुई सय भेड़ा, चार सय थुमा, अनि सबै इस्राएलका पापबलिको निम्‍ति इस्राएलको प्रत्‍येक कुलको लागि एक-एक गरी बाह्र वटा बोका चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको यस भवन अर्पणको निम्ति तिनीहरूले एक सय साँढे, दुई सय भेडा, चार सय थुमा र सारा इस्राएलको पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोका, इस्राएलका प्रत्येक बाह्र कुलको निम्ति एउटा-एउटा गरेर बलि चढाए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे।