Ezra 6:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदबाट फर्किआएका सबै इस्राएलीहरू र परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्न आउने त्यस देशमा बास गरिबसेका अरू मूर्तिपूजकहरू, जसले आफ्नो रीतिथिति छोडेका थिए, तिनीहरू सबैले बलि चढाएका पशुका मासु खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निर्वासनबाट फर्केर आएका इस्राएलीहरू र अन्यजातिहरूको अशुद्धताबाट अलग रहेर परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्नेहरू सबैले त्यो सँगै मिलेर खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण निर्वासनबाट फर्कने इस्राएलीहरूले, गैरयहूदी छिमेकीहरू, जसले इस्राएलका याहवेह परमेश्वरलाई खोज्नका निम्ति आफूलाई अशुद्ध रीतिथितिहरूबाट अलग राखेका थिए, तिनीहरूसँग नै मिलेर थुमा खाए।
Nepali ERV (पवित्र बाइबल)
कैदबाट फर्केर आउने इस्राएली मानिसहरूले निस्तार भोज खाए जसरी परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्नका निम्ति जसले स्वयंलाई देश तथा राष्ट्रहरूको अस्वच्छ पनबाट अलग पारेर तिनीहरूसित मिल्नेहरूले गरेका थिए।