Ezra 6:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात दिनसम्‍म तिनीहरूले आनन्‍दसाथ अखमिरी रोटीको चाड मनाए। तिनीहरू आनन्‍दले भरिएका थिए किनभने अश्‍शूरका महाराजालाई तिनीहरूप्रति कृपालु बनाउनुभएको थियो र तिनले इस्राएलका परमेश्‍वरको मन्‍दिर बनाउन तिनीहरूलाई सहारा दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले रमाहटसाथ सात दिनसम्‍म अखमिरी रोटीको चाड़ मनाए, किनभने अश्‍शूरका राजाको मन बद्‌ली गरेर परमप्रभुले तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएको थियो। फलस्‍वरूप इस्राएलका परमेश्‍वरका भवनको काममा तिनीहरूलाई अश्‍शूरका राजाले सहयोग गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात दिनसम्म तिनीहरूले अखमिरी रोटीको चाड साह्रै आनन्दसाथ मनाए। किनकि याहवेहले अश्शूरका राजाको हृदयलाई परिवर्तन गरेर इस्राएलका परमेश्‍वरको भवनको काममा तिनीहरूलाई सहायता गर्ने बनाएर तिनीहरूलाई आनन्दले भरिदिनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्शूरका राजाको मन परिवर्त्तन गरिदिनु भएर, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।