Ezra 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कोरेस महाराजाले आफ्‍नो शासनको पहिलो वर्षमा यरूशलेमको मन्‍दिर फेरि बनियोस् र त्‍यसलाई भेटी र होमबलिहरू चढाउने स्‍थान मानियोस् भन्‍ने आज्ञा गरे। त्‍यो मन्‍दिर सत्ताईस मिटर अग्‍लो र त्‍यत्ति नै चौडा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कोरेस राजाको पहिलो वर्षमा राजाले यरूशलेममा परमेश्‍वरको मन्‍दिरबारे यो उर्दी निकाल्‍नुभयो: ‘त्‍यो मन्‍दिर बलिदान चढ़ाउनका निम्‍ति पुनर्निर्माण गरिओस्‌ र त्‍यसका जगहरू बसालिऊन्‌। त्‍यसको उचाइ सत्ताईस मिटर र चौड़ाइ सत्ताईस मिटरको,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा कोरेसको पहिलो वर्षमा, यी राजाले यरूशलेममा परमेश्‍वरको मन्दिरको विषयमा एउटा उर्दी जारी गरे। यहूदीहरूले पहिले बलिदान चढाउने गरेकै ठाउँमा बलिदानहरू चढाउने ठाउँको रूपमा मन्दिरको पुनर्निर्माण गरियोस्; अनि मन्दिरको जग बसालियोस्। यसको उचाइ साठी क्यूबिट र चौडाइ साठी क्यूबिट होस्।
Nepali ERV (पवित्र बाइबल)
राजा कोरेसको प्रथम वर्षमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर सम्बन्धी एक आदेश दिए। मन्दिर त्यस स्थानमा पुनःर्निर्माण होस् जहाँ तिनीहरूले बलिदानहरू अर्पण गर्थे अनि यसको घडेरीमा जग उचालियोस्।