Ezra 6:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसर राजाले यरूशलेमका मन्दिरबाट बेबिलोनमा ल्याएका सुन र चाँदीका भाँडा-कुँडाहरू फर्काएर यरूशलेमको मन्दिर ठीक-ठीक ठाउँमा राखिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर बेबिलोनमा ल्याएका परमेश्वरको भवनका सुन र चाँदीका भाँड़ाहरू पनि फेरि यरूशलेमको मन्दिरमा राखिदिनुपर्छ। ती सबै फर्काई परमेश्वरको भवनमा आ-आफ्ना स्थानमा राखिदिनुपर्दछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका सुन र चाँदीका भाँडाहरू पनि यरूशलेमको मन्दिरमा तिनीहरूकै ठाउँहरूमा फर्काएर लगिनुपर्छ। ती सरसामानहरू परमेश्वरको भवनमा जम्मा गरिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको मन्दिरका सुन, चाँदी, भाँडा-वर्त्तनहरू पनि जो नबूकदनेस्सरले यरूशलेमको मन्दिरबाट लगेका थिए, अनि बाबेलमा ल्याएका थिए फर्काइ ल्याउनु पर्छ, र यरूशलेमको मन्दिर त्यसको आफ्नो स्थानमा राखिनु पर्छ। अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखिनु पर्छ।