Ezra 6:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिन-दिनै पूजाहारीहरूले जे कुरा चाहिन्छ भन्छन्, स्वर्गका परमेश्वरलाई होमबलि चढाउनलाई साँढे, भेडा वा थुमा वा गहुँ, नुन वा जैतुनको तेल नबिराई तिनीहरूलाई दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूलाई चाहिएका जेसुकै कुरा तिमीहरूले दिनहुँ नबिराईकन दिनू, अर्थात् स्वर्गका परमेश्वरलाई चढ़ाउने होमबलिका निम्ति बाछाहरू, भेड़ाहरू अथवा थुमाहरू, अथवा गहूँ, नून, दाखमद्य, तेल, जस्तो यरूशलेमका पूजाहारीहरूले माग्छन् ती दिनू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई चाहिएका जुनसुकै कुरा—साँढेहरू, भेडाहरू, थुमाहरू, स्वर्गको परमेश्वरलाई होमबलिका निम्ति चाहिने भेडाहरू, गहुँ, नुन, दाखमद्य र जैतुनको तेल जे जति कुराहरू यरूशलेममा पुजारीहरूले माग गर्छन्, तिनीहरूलाई प्रत्येक दिन नबिर्सिकन दिनुपर्छ;
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले काम रोक्न नसकुन। बाछाहरू, भेडाहरू वा धुपहरू स्वर्गका परमेश्वरका निम्ति के चीज खाँचो छ गहुँ, नून, दाखरस वा तेल जे पनि यरूशलेमका पूजाहारीहरूले निवेदन गरून्।