Ezra 7:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै वर्षपछि अर्तासास्‍त फारसका महाराजा छँदा एज्रा नाम गरेका एक जना मानिस थिए। उनले आफ्‍ना पिता-पुर्खा, मुख्‍य पूजाहारी हारूनसम्‍म यसरी फैल्‍याउँथे: एज्रा, सरायाहका छोरा थिए। सरायाह, अजर्याहका छोरा थिए। अजर्याह, हिल्‍कियाहका छोरा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी घटनापछि फारसका राजा अर्तासास्‍तको राजत्‍वकालमा एज्रा बेबिलोनबाट उक्‍लेर आए। तिनी सरायाहका छोरा, जो अजर्याहका छोरा, जो हिल्‍कियाहका छोरा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै घटनापछि परसीयाका राजा अर्तसास्तको शासनकालमा एज्रा बेबिलोनबाट आए। एज्रा सरायाहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो हिल्कियाहका छोरा थिए,
Nepali ERV (पवित्र बाइबल)
फारसका राजा आर्टा-जारसेजको को शासनकालमा, यी कुराहरू पछि एज्रा बाबेलबाट यरूशलेममा आए। एज्रा सरायाहका छोरा, अजर्याहका छोरा, हिल्कियाहका छोरा।