Ezra 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले त्यो धन होशियारसित खर्च गर्नू, साँढेहरू, भेडाहरू, थुमाहरू, अन्न, दाखमद्य किन्नू र यरूशलेमको मन्दिरको वेदीमा चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस रकमबाट साँढ़ेहरू, भेड़ाहरू, थुमाहरू र तिनका साथ अन्नबलि र अर्घ-बलिका सामानहरू तिमीले निश्चय किन्नू, र तिनलाई यरूशलेममा तिम्रा परमेश्वरका मन्दिरको वेदीमा बलि चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस रकमले साँढेहरू, भेडाहरू, थुमाहरू यसकासाथै तिनीहरूका निम्ति अन्नबलिहरू, अर्घबलिहरू निश्चय नै किन्नू। अनि तिमीले यी वस्तुहरूलाई यरूशलेममा परमेश्वरको मन्दिरको वेदीमा बलि चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसकारण, तिमीले यो पैसाले निर्दिष्ट रूपमा साँढें, भेडा, थुमाहरू अनि अन्नवलि एवं अर्घबलि किन्नु पर्छ, अनि तिमीले ती यरूशलेममा तिम्रो परमेश्वरको मन्दिरको बेदीमा अर्पण गर्नुपर्छ।