Ezra 7:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी, लेवी, गवैया, पहरादार, काम गर्नेहरू वा मन्‍दिरसित सम्‍बन्‍ध राख्‍ने अरू कोहीबाट पनि तिमीहरूले केही राजकर नउठाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी यो पनि तिमीहरूलाई जनाउँदछौं कि कुनै पनि पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू, मन्‍दिरका सेवकहरू अथवा परमेश्‍वरको यस भवनका अरू काम गर्नेहरूलाई राजकर वा आयकर वा महसूल लाउने तिमीहरूलाई अधिकार छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक तिमीहरूले यो कुरा पनि याद राख: पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अथवा परमेश्‍वरको भवनका सेवकहरू र अरू कर्मचारीहरूबाट कर, सलामी अथवा अरू कुनै पनि महसुलहरू उठाउने अधिकार तिमीहरूलाई छैन।
Nepali ERV (पवित्र बाइबल)
हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।