Ezra 7:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीलाई आफ्ना परमेश्वरले दिनुभएको बुद्धि लाएर तिमी एज्राले तिम्रा परमेश्वरको व्यवस्था पालन गरी यूफ्रेटिसको पश्चिमी प्रान्तमा बस्ने सबै मानिसहरूमाथि शासन गर्न शासक र न्यायकर्ताहरू नियुक्त गर्नू। व्यवस्था नजान्नेलाई ती सिकाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमी, एज्राले चाहिँ तिमीसित भएको तिम्रा परमेश्वरको बुद्धिअनुसार यूफ्रेटिस पारिको प्रान्तका तिम्रा परमेश्वरका विधिविधानलाई जान्ने सबै मानिसमाथि न्याय गर्न हाकिमहरू र न्यायकर्ताहरू नियुक्त गर्नू। ती नजान्नेहरूलाई चाहिँ तिमीले सिकाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हे एज्रा, तिमीले पाएको तिम्रा परमेश्वरको बुद्धिअनुसार, यूफ्रेटिस पारिका सबै मानिसहरू जसले तिम्रा परमेश्वरको व्यवस्थालाई जान्दछन्, तिनीहरूमाथि न्याय गर्न शासकहरू र न्यायकर्ताहरू नियुक्त गर्नू; अनि जसले व्यवस्थाहरू जान्दैनन् तिनीहरूलाई तिमीले सिकाउनू।
Nepali ERV (पवित्र बाइबल)
अनि एज्रा, तिमीसित भएका तिम्रा परमेश्वरका ज्ञान अनुसार तिमीले नदीपारीको प्रदेशका मानिसहरूको न्याय गर्न न्यायकर्त्ता अनि हाकिमहरूको नियुक्ति गर्नु जसले तिम्रो परमेश्वरको व्यवस्था जान्दछन्। अनि जसले जानदैनन्, तिनीहरूलाई तिमीले सिकाउने छौ।