Ezra 7:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको अनुग्रहले मैले महाराजा, उनका सल्‍लाहकार र सबै शक्तिमान् भारदारहरूको कृपा-दृष्‍टि पाएको छु। परमप्रभु मेरा परमेश्‍वरले मलाई साहस दिनुभएको छ र मैले इस्राएलका धेरै गोत्रका प्रधानहरूलाई मसित इस्राएलमा फर्किआउन राजी गराउन सकें।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि राजा, उनका सल्‍लाहकारहरू र उनका सबै उच्‍च पदाधिकारीहरूका सामुन्‍ने मप्रति आफ्‍नो कृपा-दृष्‍टि प्रकट गर्नुभयो। यसैले परमप्रभु मेरा परमेश्‍वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरें, र मसँग जान इस्राएलका मुख्‍य-मुख्‍य मानिसहरूलाई मैले भेला गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले राजा, उनका सल्‍लाहकारहरू र राजाका शक्तिशाली अधिकारीहरूका सामु, उहाँको अचुक कृपा ममाथि राखिदिनुभएको छ। याहवेह मेरा परमेश्‍वरको हात ममाथि भएको हुनाले मैले साहस गरेँ; अनि मसँग इस्राएलबाट यरूशलेममा जानलाई अगुवाहरू जम्मा गरेँ।
Nepali ERV (पवित्र बाइबल)
अनि उसले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उसको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि म संग यरूशलेमसम्म जानका निम्ति इस्राएलका अगुवाहरूलाई एकत्रित गरे।