Ezra 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] एज्राचाहिँ परमप्रभु इस्राएलका परमेश्‍वरले मोशालाई दिनुभएका व्‍यवस्‍थाका पूरा ज्ञान राख्‍ने शास्‍त्री थिए। एज्राले परमप्रभु परमेश्‍वरको आशिष् पाएको हुनाले उनले मागेका सबै थोक महाराजाले उनलाई दिए। अर्तासास्‍तका राज्‍यकालको सातौँ वर्षमा एउटा दल इस्राएलीहरूका साथमा बेबिलोनियाबाट यरूशलेममा गए। त्‍यस दलमा पूजाहारी, लेवी, मन्‍दिरका गवैयाहरू र पहरादारहरू र काम गर्नेहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु इस्राएलका परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्‍यवस्‍थामा एज्राचाहिँ एक निपुण अध्‍यापक थिए। तिनले मागेका सबै कुरा राजाले मन्‍जूर गरिदिए, किनभने परमप्रभु तिनका परमेश्‍वरको हात तिनीमाथि थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी तिनै एज्रा हुन्, जो याहवेह इस्राएलका परमेश्‍वरले दिनुभएको मोशाको व्यवस्थामा एक निपुण शिक्षक थिए। तिनले मागेका हरेक कुरा राजाले दिएका थिए; किनकि याहवेह तिनका परमेश्‍वरको हात तिनीमाथि थियो।
Nepali ERV (पवित्र बाइबल)
एज्रा बाबेलबाट यरूशलेम आए अनि तिनी मोशाको व्यवस्थाको विषयमा राम्रो ज्ञान भएका शिक्षक थिए। जो परमप्रभु इस्राएलका परमेश्वरले इस्राएललाई दिनु भएको थियो। अनि राजाले एज्रालाई उसले चाहेका हरेक बस्तु दिए किनकि परमप्रभु उसका परमेश्वरले उसलाई सहायता गर्दै थिए।