Ezra 8:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई कासिपिया जन-समुदायका मुखिया इद्दोकहाँ उनी र मन्दिरमा काम गर्ने उनका सहकर्मीहरूलाई मन्दिरमा परमेश्वरको सेवा गर्न मानिसहरू पठाइदेऊन् भनी खबर दिनलाई पठाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र कासिपिया इलाकाका मुखिया इद्दोकहाँ जान आदेश दिएर पठाएँ। मैले तिनीहरूका हातमा कासिपियाका इद्दो तथा तिनका कुटुम्ब, त्यहाँको मन्दिरका सेवकहरूलाई हाम्रा परमेश्वरका भवनको लागि हामीकहाँ सेवकहरू पठाइदेऊन् भनी समाचार पठाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले तिनीहरूलाई कासिप्याका अगुवा इद्दोकहाँ जान हुकुम गरेँ। मैले तिनीहरूलाई कासिप्याको मन्दिरमा सेवा गर्ने इद्दो र तिनका सहकर्मीहरूलाई के भन्नुपर्ने हो, सो भनी पठाए, ताकि तिनीहरूले परमेश्वरको भवनको निम्ति सेवकहरू ल्याउन सकून्।
Nepali ERV (पवित्र बाइबल)
अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।