Ezra 8:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीबाहेक दुई सय बीस जना मन्‍दिरका काम गर्ने थिए, जसका पिता-पुर्खालाई दाऊद राजा र उनका भारदारहरूले लेवीहरूलाई सघाउन नाम तोकिदिएका थिए। तिनीहरू सबैका नाम सूचीमा लेखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यीबाहेक तिनीहरूले दुई सय बीस जना मन्‍दिरका सेवकहरू ल्‍याए। लेवीहरूलाई सघाउन यस्‍ता सेवक नियुक्त गर्ने प्रथा दाऊद र तिनका अधिकारीहरूले स्‍थापित गरेका थिए। यिनीहरू सबै नाउँ-नाउँ गरी दर्ता भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद र उनका अधिकारीहरूले नियुक्त गरेका लेवीहरूलाई सहयोग गर्ने 220 जना मन्दिरका सेवकहरूका झुण्डलाई पनि तिनीहरूले ल्याए। यिनीहरू सबैको नाम सूचीमा दर्ता गरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।