Ezra 8:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यात्रामा शत्रुहरूबाट हाम्रो रक्षाको निम्ति महाराजालाई घोडचढी सैनिक माग्न मलाई लाज लाग्यो किनभने मैले उनलाई हाम्रा परमेश्वरले उहाँमाथि भरोसा राख्ने सबैलाई आशिष् दिनुहुन्छ र उहाँलाई त्याग्नेहरूसित असन्तुष्ट भई दण्ड दिनुहुन्छ भनेको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्न मलाई शर्म लाग्यो। किनभने हामीले राजालाई यसो भनेका थियौं, “उहाँलाई खोज्ने सबैमाथि हाम्रा परमेश्वरको निगाह रहन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई बाटोमा शत्रुहरूदेखि रक्षा गर्न राजासँग सिपाहीहरू र घोडचढीहरू माग्न मलाई लाज लाग्यो; किनकि हामीले राजालाई भनेका थियौँ, “उहाँलाई खोज्ने हरेकमाथि हाम्रा परमेश्वरको अनुग्रही हात हुन्छ, तर उहाँलाई त्याग्नेहरूका विरुद्धमा उहाँको डरलाग्दो क्रोध पर्छ।”
Nepali ERV (पवित्र बाइबल)
किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासंग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौ, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।”