Ezra 8:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले महाराजा, उनका सल्लाहकार र भारदारहरू र इस्राएलका मानिसहरूले मन्दिरमा चलाउन भनी दिएका सुन, चाँदी र भाँडा-कुँडा तौलेर ती पूजाहारीहरूलाई दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र राजा र उनका सल्लाहकारहरू, उनका अधिकारीहरू र उपस्थित भएका सबै इस्राएलीहरूले परमप्रभुका भवनको निम्ति भेटीस्वरूप अलग गरेका सुन, चाँदी र अरू भाँड़ाहरू तिनीहरूका हातमा मैले तौलेर दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले परमेश्वरको भवनका निम्ति त्यहाँ उपस्थित भएका सारा इस्राएलीहरू, राजा र उनका सल्लाहकारहरू, साथै अधिकारीहरूले भेटीको रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू तिनीहरूलाई तौलेर दिएँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।