Ezra 8:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पहिलो महिनाको बाह्रौँ दिन हामीले यरूशलेम जान अहावाको नहर छोड्यौं। हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र हामीलाई यात्रामा शत्रुहरूका आक्रमण र बाटो ढुकाइबाट बचाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जान हामी अहावा नदीबाट हिँड्यौं। परमेश्वरको हात हामीमाथि भएकोले हामीलाई उहाँले बाटोमा शत्रुहरू र ढुकेर बस्ने लुटेराहरूदेखि बचाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जानलाई हामी अहावा नहरको किनारदेखि हिँड्यौँ। हाम्रा परमेश्वरको हात हामीमाथि थियो; अनि उहाँले हामीलाई बाटोमा शत्रुहरू र डाँकुहरूबाट बचाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
हामीले यरूशलेम जानका निम्ति पहिलो महिना को बाह्रौ दिनमा अहावा नदी छोडियौ। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो।