Ezra 8:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चौथो दिन हामी मन्दिर गयौं, चाँदी, सुन र भाँडाहरू तौलियौं र उरियाहको छोरो मरेमोत पूजाहारीका हातमा जिम्मा लाइदियौं। उनीसित पीनहासको छोरो एलाजार र दुई लेवीहरू येशूअको छोरो योजाबाद र बिन्नूईको छोरो नोअदिया थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि चौथो दिनमा ती सुन, चाँदी र पवित्र भाँड़ाहरू हाम्रा परमेश्वरको घरमा उरियाह पूजाहारीका छोरा मरेमोतको जिम्मामा दियौं। तिनीसँग पीनहासका छोरा एलाजार थिए, र लेवीहरू येशूअका छोरा योजाबाद र बिन्नूईका छोरा नोअदिया पनि त्यहाँ थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चौथो दिनमा हाम्रा परमेश्वरको भवनमा उरियाहको छोरा मरेमोत पुजारीको हातमा सुन, चाँदी र पवित्र भाँडाहरू जोखेर सुम्पिदियौँ। मरेमोतसित पीनहासका छोरा पुजारी एलाजार, लेवीहरू येशूआका छोरा योजाबाद र बिन्नूईका छोरा नोअदिया पनि थिए।
Nepali ERV (पवित्र बाइबल)
चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ।