Ezra 8:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसपछि कैदबाट फर्किआएका सबैले इस्राएलका परमेश्‍वरलाई होमबलि चढाउन आ-आफ्‍ना बलिदानहरू ल्‍याए। तिनीहरूले सारा इस्राएलको निम्‍ति बाह्र वटा साँढे, छयान्‍नब्‍बे ठूला भेडा र सतहत्तर वटा थुमा बलि गरे। तिनीहरूले बाह्र वटा बोका पनि आफैंलाई पापबाट चोख्‍याउँदै होमबलि चढाए। यी सबै पशुहरू परमप्रभुलाई होमबलि चढाई जलाइ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि निर्वासनबाट फर्केकाहरूले इस्राएलका परमेश्‍वरको निम्‍ति होमबलि चढ़ाए: सम्‍पूर्ण इस्राएलका निम्‍ति बाह्र वटा साँढ़े, छयानब्‍बे वटा भेड़ा, सतहत्तर थुमा, र पापबलिस्‍वरूप बाह्र वटा बोका तिनीहरूले चढ़ाए। यी सबै परमप्रभुको निम्‍ति होमबलि थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि निर्वासनबाट फर्कने सारा निर्बासितहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए: बाह्र वटा साँढेहरू, छयानब्बे भेडाहरू, सतहत्तर थुमाहरू होमबलिको निम्ति बलि चढाए। अनि यसबाहेक पापबलिको निम्ति बाह्र वटा बोकाहरू बलि चढाए। यी सबै याहवेहका निम्ति होमबलि थियो।
Nepali ERV (पवित्र बाइबल)
तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।