Ezra 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी सबै गरिसकेपछि इस्राएलका मानिसहरू, पूजाहारीहरू र लेवीहरूले आफैंलाई छिमेकी देशहरूका बासिन्‍दाहरूबाट छुट्ट्याएर अलग्‍गै राखेका छैनन् भनी इस्राएलका केही अगुवाहरूले मलाई सुनाए। ती छिमेकी देशहरूका थिए: अम्‍मोन, मोआब, मिश्र र इस्राएलीहरूले आफैंलाई कनानी, हित्ती, परिज्‍जी, यबूसी र एमोरीहरूका रीतिथितिबाट पनि अलग गरेका छैनन् भनी तिनीहरूले मलाई भने। ती मानिसहरूले गरेका घिनलाग्‍दा कामहरू इस्राएलीहरूले पनि गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यी सबै गरिसिद्ध्याए तब अगुवाहरूले मकहाँ आएर भने, “इस्राएलका मानिस, पूजाहारीहरू र लेवीहरूसमेतले छिमेकका मानिसहरू, अर्थात्‌ कनानी, हित्ती, परिज्‍जी, यबूसी, अम्‍मोनी, मोआबी, मिश्री र एमोरीहरूका घिनलाग्‍दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरू गरिसकेपछि अगुवाहरू मकहाँ आएर भने, “इस्राएलका मानिसहरूका साथै, पुजारीहरू र लेवीहरूले यहाँका स्थानीयवासीहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, इजिप्टियन र एमोरीहरूका घृणित व्यवहारहरूबाट आफैँलाई अलग राखेका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इस्राएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इस्राएलका मानिसहरूले कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री अनि एमोरीसँग घिनलाग्दा कार्य गरेकाछन्।