Ezra 9:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएको थियो। तिनीहरूले हामीलाई भनेका थिए कि जुन देश कब्जा गरी हामी बास गर्नेछौं, त्यो एउटा अपवित्र देश हुनेछ किनभने त्यहाँ बस्ने मानिसहरूले त्यस देशलाई एक छेउदेखि अर्को छेउसम्म घिनलाग्दा फोहोर कामहरूले भरिराखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले आफ्ना दास अगमवक्ताहरूद्वारा दिनुभएका आज्ञाहरूको अवहेलना हामीले गरेका छौं, जब तपाईंले यसो भन्नुभएको थियो: तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देश त्यसका मानिसहरूको दुष्टताले दूषित भएको छ। आफ्ना घिनलाग्दा चलनद्वारा ती अन्यजातिहरूले त्यस देशको कुना-कुनासम्मै आफ्नो अशुद्धताले भरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन तपाईंले आफ्नो सेवक अगमवक्ताहरूद्वारा अधिकार गर्न दिनुभयो; अनि त्यस बेला तपाईंले भन्नुभयो: ‘जुन देशमा तिमीहरू प्रवेश गर्न लागेका छौ, त्यो देश त्यहाँका मानिसहरूको अशुद्धताले दूषित पारिएको छ। तिनीहरूका घृणित व्यवहारहरूले र तिनीहरूका अशुद्धताले देशको एक कुनादेखि अर्को कुनासम्म भरिएको छ।
Nepali ERV (पवित्र बाइबल)
जो तपाईंले तपाईंका सेवकहरू अगमबक्ताहरू द्वारा दिनु भयो। जब तपाईंले भन्नु भयोः “त्यो भूमि जसलाई अधिकारमा लिन तिमीहरू प्रवेश गरिरहेछौ, मानिसहरूको दुष्ट कार्यले गर्दा त्यो भूमि भ्रष्ट भएका छन्। तिनीहरूले त्यो भूमि एक छेऊ देखि अर्को छेऊ सम्म कुर्कम अनि अशुद्धताले भरिएको छन्।