Ezra 9:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती देशका मानिसहरूसित बिहाबारी नगर्नू र तिनीहरूलाई उन्‍नति वा सफलता दिलाउने मद्दत नदिनू र मात्रै सो देश तिमीहरूले उपभोग गर्न पाउनेछौ र आफ्‍ना सन्‍तानहरूको लागि छोडिराख्‍नेछौ भनी तिनीहरूले हामीलाई भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरूले आफ्‍ना छोरीहरूलाई उनीहरूका छोराहरूसित र तिमीहरूका छोराहरूलाई उनीहरूका छोरीहरूसित विवाह नगरिदिनू। तिमीहरूले उनीहरूसित मित्रताको सम्‍झौता राख्‍न नखोज्‍नू। यसरी तिमीहरू शक्तिशाली भएर त्‍यस देशका असल-असल कुराहरूको भोग गर्नेछौ र तिमीहरूका सन्‍तानलाई त्‍यो चिरस्‍थायी अधिकार हुनलाई छोड़िराख्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूसित विवाहको निम्ति नदिनू। अनि तिमीहरूले पनि उनीहरूका छोरीहरू आफ्ना छोराहरूका निम्ति नल्याउनू। तिनीहरूसित मित्रताको नाता कहिल्यै नजोड्नु, ताकि तिमीहरू बलिया हुन सक र त्यस देशको असल थोकहरूमा अधिकार गर्न सक। तिमीहरूका सन्तानहरूका निम्ति सदासर्वदाका लागि पैतृक सम्पत्तिको रूपमा राख्न सक।’
Nepali ERV (पवित्र बाइबल)
त्यो भुमिमा तिनीहरू एक छेउ देखि अर्कोछेउसम्म आफ्ना दुष्कर्म द्वारा आफ्ना अस्वच्छ पनाद्वारा मरेका थिए। यसर्थ आफ्ना छोरा-छोरीहरूको लागि तिनीहरूका छोरा-छोरीहरूसंघ पति-पत्नीको रूपमा तिनीहरूको कल्याण अथवा सफलताको चाहना कहिल्यै नगर जसद्वारा तिमीहरू शक्तिशाली हुनेछौ।”