Ezra 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पाप र कुकर्मको निम्‍ति दण्‍ड दिँदै जति कुराहरू हामीमाथि आइपरे, त्‍यसपछि पनि हामी यो जान्‍दछौं कि तपाईंले हामीलाई हामीले पाउनुपर्ने जति दण्‍डभन्दा त कम नै दण्‍ड दिनुभएको छ र बाँचिरहन दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हाम्रा दुष्‍ट कामहरू र हाम्रो ठूलो दोषको कारण हामीले दु:ख पाएका भए तापनि तपाईं, हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा पापअनुसार पाउनुपर्नेभन्‍दा कम दण्‍ड दिनुभएको छ, र हामीलाई यस्‍तो बाँकी हिस्‍सा दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामीलाई जे भएको छ, त्यो हाम्रै दुष्‍ट कामहरू र हाम्रै ठूलो दोषको परिणाम हो। तथापि हाम्रा परमेश्‍वर, तपाईंले हाम्रा पापहरूभन्दा कम नै सजाय दिनुभएको छ; यसरी हामीलाई अझै बाँकी राख्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरूले त्यस भूमिको असल कुराहरूको उपभोग गर्न सक्ने छौ र तिमीहरूले सदाको निम्ति यसलाई पैतृक सम्पत्ति को रूपमा आफ्ना छोरा-छोरीहरू तथा सन्तानलाई दिन सक्ने छौ। आखिरमा हाम्रो दुष्टकर्म अनि महादोषको कारणले त्यो हामीमाथि आइपरेको भएता पनि तपाईं, हाम्रा परमेश्वरले हाम्रो पाप प्रति।