Ezra 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसरी हामी फेरि तपाईंका आज्ञाहरू नमानी यी दुष्‍ट मानिसहरूसित बिहाबारी गर्न सक्‍छौं र? हामीले त्‍यसो गरे तपाईं यति साह्रो रिसाउनुहुनेछ कि हामीलाई पूरा नाश गरी कसैलाई बाँच्‍न दिनुहुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के हामी फेरि तपाईंका आज्ञाहरू उल्‍लङ्घन गरेर यस्‍ता घिनलाग्‍दा चालमा चल्‍ने मानिसहरूसँग वैवाहिक सम्‍बन्‍ध जोड़ौं? के तपाईं हाम्रा निम्‍ति कुनै अवशेष नराखी नाश गर्नसम्‍म रिसाउनुहुनेथिएन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के हामी फेरि तपाईंका आज्ञाहरूलाई तोडेर घृणित व्यवहार गर्ने र घृणित काम गर्ने मानिसहरूसित अन्तर-विवाह गर्ने? अनि के तपाईं हामीलाई एउटै पनि बाँकी नराखी नाश पार्न, अथवा एउटै पनि जीवित नछोडेसम्म तपाईंलाई रिस उठ्दैन थियो र?
Nepali ERV (पवित्र बाइबल)
उचित भन्दा कमदण्ड दिनु भएकोछ तपाईंले हामीलाई यसरी बाँच्नेहरूको एक समूह दिनु भए पछि के हामिले फेरि तपाईंको आदेश भङ्ग गर्नु, अनि यी इच्छा विपरित कार्य गर्ने मानिसहरू सित अन्तर-जातिय विवाह गर्नु? के हामीलाई नष्ट गर्नका निम्ति तपाईं क्रोधित हुनुहुन्न। जसमा कि त्यहाँ कोही पनि रहने छैन?