Ezra 9:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझको बलि चढाउने समयसम्‍म म शोक गर्दै त्‍यहीँ बसिरहें र मानिसहरू मेरो चारैपट्टि भेला हुन लागे। ती मानिसहरू त्‍यहाँ भेला भइरहेका थिए, जसले कैदबाट फर्किआएका मानिसहरूले गरेका पापबारे इस्राएलका परमेश्‍वरले भन्‍नुभएको वचन सुनेका थिए र त्‍यसको कारणले डराएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि निर्वासनमा गएकाहरूको यस दोषको कारण इस्राएलका परमेश्‍वरका वचनदेखि डराउनेहरू सबै मेरो चारैतिर भएर जम्‍मा भए। म त्‍यहाँ बेलुकीका बलिदानको समयसम्‍मै अवाक्‌ भइरहें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि निर्वासनमा गएकाहरूको पापको कारण इस्राएलका परमेश्‍वरको वचनदेखि डराउनेहरू सबै मेरो वरिपरि भेला भए। अनि म बेलुकीको बलिदानको समयसम्म स्तब्ध भएर बसिरहेँ।
Nepali ERV (पवित्र बाइबल)
म अति आघातको अवस्थाया बसें। तब सबै मानिसहरू मकहाँ आए, जो इस्राएलका परमेश्वरको वचनद्वारा डरले काँमेका थिए। तिनीहरू भयभीत थिए किनभने मानिसहरू जो कैदमा थिए, तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। अनि म साझ बलिदान नहुज्जेल आघातको अवस्थामा बसें।