Ezra 9:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले बिन्‍ती गरें, “हे परमेश्‍वर, तपाईंको सामुन्‍नेमा आफ्‍नो शिर उठाउन मलाई साह्रै लाज लाग्‍छ। हाम्रा पापको रास हाम्रा टाउकाभन्दा माथि उठेको छ, त्‍यसले स्‍वर्ग पनि छुँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंतिर उठाउन म साह्रै लज्‍जित र अपमानित भएको छु। किनभने हे मेरा परमेश्‍वर, हाम्रा पाप हाम्रो शिरभन्‍दा अल्‍गा भएका छन्‌ र हाम्रो दोष आकाशसम्‍मै पुगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रार्थना गरेँ: “हे मेरा परमेश्‍वर, तपाईंतिर मेरो अनुहार देखाउन म अति नै लज्जित र अपमानित भएको छु; किनकि हाम्रा पापहरू हाम्रो शिरभन्दा माथि छन् र हाम्रा दोषहरू आकाशसम्मै पुगेका छन्।
Nepali ERV (पवित्र बाइबल)
र मैले भने” हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।