Ezra 9:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पिता-पुर्खाका पालादेखि आजसम्‍म हामी तपाईंका प्रजाले ठूला पाप गरेका छौं। हाम्रा पापका कारणले हाम्रा राजा र पूजाहारीहरू, विदेशी राजाहरूका हातमा परे र हामी मारियौं, लुटियौं र कैदी बनाई विदेशमा लगियौं। हाम्रो धेरै अपमान भयो। आज पनि हामी त्‍यस्‍तै अवस्‍थामा छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा पुर्खाहरूका दिनदेखि आजको दिनसम्‍मै हाम्रो दोष अत्‍यन्‍तै ठूलो भएको छ। हाम्रो अधर्मले गर्दा हामीहरू र हाम्रा राजा र हाम्रा पूजाहारीहरूलाई विदेशी राजाहरूका हातमा मृत्‍यु, कैद, लूटपीट र ठूलो बेइज्‍जतको शिकार हुनु परेको छ, र हाम्रो वर्तमान दशा पनि यस्‍तै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पितापुर्खाहरूका दिनदेखि आजसम्म, हाम्रा दोषहरू अत्यन्तै धेरै भएका छन्। हाम्रा पापहरूले गर्दा हामी र हाम्रा राजाहरू र हाम्रा पुजारीहरूले विदेशी राजाहरूका तरवारबाट आजसम्मै मृत्यु, लुटपाट, कैद र अपमान खेप्नुपरेको छ, आज पनि हाम्रो हालत त्यस्तै छ।
Nepali ERV (पवित्र बाइबल)
किनभने हाम्रो पापहरू हाम्रोशिर जतिकै उच्च भएर बढेका छन्। अनि हाम्रो अपराधहरू धेरै भएकाछन्। हाम्रा पापको कारणले आज हामी, हाम्रा राजाहरू अनि हाम्रा पूजाहारीहरू। विदेशी राजाहरूबाट तरवार, कैद, लुटमार अनि लाज र हीनता बोझद्वारा दण्डित् भएकाछौं।