Ezra 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु हाम्रा परमेश्वर, यस बेला केही समयको निम्ति तपाईं हामीप्रति कृपालु हुनुभएको छ र हामी कति जनालाई कमारापनबाट भागी यस पवित्रस्थानमा कुशलसाथ बस्न दिनुभएको छ। कमारा छँदाछँदै पनि तपाईंले हामीलाई नयाँ जीवन दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर अब परमप्रभु हाम्रा परमेश्वरले हाम्रा लागि केही बाँकी मानिसहरूलाई दिएर र हामीलाई आफ्नो पवित्रस्थानमा सुरक्षित स्थान दिएर हामीमाथि एक छिनको लागि कृपालु हुनुभएको छ। र यसरी हाम्रा परमेश्वरले हाम्रा आँखामा ज्योति दिनुभएको छ र हाम्रो दासत्वमा केही आराम दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर अब थोरै समयका लागि याहवेह हाम्रा परमेश्वर हामीप्रति कृपालु हुनुभएर हामीमध्ये केहीलाई अवशेषको रूपमा बचाउनुभएको छ; अनि उहाँको पवित्रस्थानमा हामीलाई एउटा स्थिर ठाउँ दिनुभएको छ। यसरी हाम्रा परमेश्वरले हाम्रा आँखाहरूमा ज्योति र हाम्रा दासत्वबाट केही विश्राम दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नया आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ।