Galatians 1:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर के म मानिसलाई खुसी पार्नतिर लाग्‍दै छु? अहँ, होइन, म परमेश्‍वरलाई खुसी पार्न चाहन्‍छु। के म मानिसको प्‍यारो हुन खोज्‍दै छु? यदि म यसो गर्दछु भने म ख्रीष्‍टको सेवक होइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म अहिले मानिसहरूको वा परमेश्‍वरको निगाह खोजिरहेछु? अथवा के मैले मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेछु? यदि अझसम्म मैले मानिसहरूलाई नै खुशी पार्ने प्रयास गरेको भए म ख्रीष्‍टको सेवक हुनेथिइनँ।
Nepali ERV (पवित्र बाइबल)
अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सझंन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।
Nepali Tamang 2011
तिग चुह्रङ् लसी ङाइ म्‍हिदा ताङ्ना लबारी म्‍हाइबा हिन्‍ना? ङाइ मी परमेश्‍वरदा ताङ्ना लबारी म्‍हाइबा हिन्‍ना। तिग ङादा म्‍हिगदेसे मान लगै भिसी ङाइ म्‍हन्‍बा हिन्‍ना? चुदे ङाइ चुह्रङ् म्‍हन्‍बा हिन्‍सम, ङा ख्रीष्‍टला गे लबा म्‍हिनोन आहिन।