Galatians 1:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यो कुरो अघि पनि भनेको हुँ र अहिले पनि भन्दै छु, तिमीहरूले मानेका सुसमाचारको उल्टो सिकाउनेचाहिँ नरकमै परोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!
Nepali ERV (पवित्र बाइबल)
हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँचो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।
Nepali Tamang 2011
एनीगदेसे विश्वास लबा थार्बा पिन्बा समाचारदा उल्टो स्होसी पाङ्बा म्हि चा नाशनोन तला। दान्दे ङाइ पाङ्बा चु ताम एनीगदेदा ङाइ ङाच्छाएनोन पाङ्बा मुला।